५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् ।

हरितालिका तीज पर्वका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

सन्देशमा गुरुङले नेपालमा मनाइने मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु-याउँदै आइरहेको बताएका छन् ।

मुख्यमन्त्रीले तीज पर्वले समेत सबै जातजाति र समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाएका छन् ।

“पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव, असमानता र अत्याचारको विरुद्ध गीत सङ्गीतको माध्यमबाट आवाज बुलन्द गर्न तीज पर्वको महत्वपूर्ण भूमिका र चाडले दिदीबहिनी तथा दाजुभाइकोबीचमा सौहार्दपूर्ण सम्बन्ध कायम गरेको छ”, मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन् ।

कोभिड–१९ सङ्क्रमण अझै पनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउनसमेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ