२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमित



कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँमापालिकामा समुदायस्तरमा शुक्रबार एकैदिन १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थप १८ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ८१ पुगेको छ । विनयी त्रिवेणीका २ वटा वडाका १३ पुरुष र ५ जना महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि १ जना स्थानीय मासु पसल गर्ने महिला र एक जना अर्का समुदायकै पुरुषमा संक्रमण देखिएपछि उनीहरुको समेत कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरी परीक्षणका लागी स्वाव पोखरा पठाइएको थियो ।

जसमध्ये १८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । प्रदेश क्षयरोग केन्द्र प्रयोगशालामा भएको परीक्षणमा विनयी त्रिवेणीको वडा नं. ६ का १० जना पुरुष र ३ जना महिला तथा वडा नं. ७ का ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ

संक्रमितहरु २४ देखिे ६२ वर्ष उमेर समुह भित्रका छन् ।यो सँगै विनयी त्रिवेणीमा मात्रै समुदायस्तरका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नै, गैंडाकोटका एक जना र कावासोतीका एक जनामा पनि संक्रमण पुष्टि भएको थियो । नवलपुरमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३ सय ३० रहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  २ : ११ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण