३ पुस २०८२, बिहिबार | December 18, 2025

शुक्रबार थपिए ८३८ जना संक्रमित, संक्रमितको संख्या ३० हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको रफ्तार निरन्तर उकालोलाग्दो क्रममा छ ।
शुक्रबारसम्म भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार पुगिसकेको छ ।

शुक्रबार मात्रै कोरोना भाइरसका ८३८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह  आयोजना गर्ने नियमित कोरोना अपडेट प्रेस ब्रिफिङमार्फत ८३८ जना संक्रमित थपिएको जनाएको हो ।

१३ हजार ५९९ वटा नमुना पीसीआर परीक्षणमा ८३८ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा १४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १४२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना संक्रमित थपिएको गौतमले जानकारी दिए ।

देशभर १३३ जना आईसीयूमा र १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भएर २५० जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

देशभरका क्वारेन्टिनमा १२ हजार २३४ जना रहेको पनि प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : २५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन