१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

बुटवलमा थपिए १४ नयाँ कोरोना संक्रमित, ठेगाना र सम्पर्क नम्बर नटिपाउने संक्रमित बढे



बुटवल । बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्रबार पुष्टि भएका ४ जना संक्रमितको मोबाईल नम्बर नभएको पाईएको छ ।

बुटवलमा संक्रमण पुष्टि भएकाहरुमा वार्ड नम्बर ३ बाट ५ जना, वार्ड नम्बर ४ बाट ३ जना, वार्ड नम्बर ९ बाट ३ जना, वार्ड नम्बर ११ र १२ बाट १।१ जना छन् । १ जनाको बिवरणमा बुटवल लेखिएपनि वार्ड र मोबाईल नम्बर उल्लेख नभएको उपमहानगर स्वास्थ्य शाखाका निमित्त प्रमुख गिता पाण्डेले बताईन् ।

उता स्वास्थ्य कार्यालय रुपन्देहीले पछिल्लो २० घण्टामा रुपन्देहीमा १४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ साहले दिएको जानकारी अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, समरीमाई र गैडहवा गाँउपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ५ : ०४ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर