२४ मंसिर २०८२, बुधबार | December 10, 2025

वीरगन्जमा अर्का एक संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीका एक पुरुषको शनिबार बिहान ७स्१० बजे वीरगन्जमा मृत्यु भएको हो ।

मुटु, उच्च रक्तचाप र दम रोगबाट ग्रसित ६१ वर्षीय ती पुरुषको नारायणी अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो ।

उनको भदौ ३ गते स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

त्यतिबेलासम्म उनको स्वास्थ्य अवस्था जटिल भैसकेको थियो । त्यसअघि उनी अर्थो ट्रमा सेन्टरमा उपचार गरिरहेका थिए ।

यसअघि शुक्रबार राति ८ बजे वीरगन्जकै एक पुरुषको मृत्यु भएको थियो ।

यससँगै पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । जसमध्ये पर्साका मात्रै २७ जना रहेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ९ : २७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल