१३ असार २०८३, शनिबार | June 28, 2026

‘सरकार खाडीका श्रमिक वर्ग शत्रु हुन ?’ : नेपाली काँग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशमा रहेका नेपालीको उद्धारका लागि सरकारले जारी गरेको निर्देशिकाको विरोध गरेको छ ।

नेपाली काँग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल फर्किन चाहने व्यक्तिले सबै खर्च व्यहोर्नुपर्ने सरकारको निर्णयको विरोध गरेको हो ।

विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै काँग्रेसले
महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पीडामाथि पीडा थप्ने जिकिर गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ?’

सर्वोच्च अदालतले गत असार १ गते ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।

तर, अदालतको आदेश उल्लघंन गर्दै टिकट, क्वारेन्टाइनका लागि होटल तथा पीसीआर परीक्षण र घरसम्म जाने सबै खर्च आफैले बेहोर्नुपर्ने सरकाको निर्णयप्रति प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको हो । काँग्रेसले सर्वोच्च अदालतको सरकारले मानहानी गरेको आरोप समेत लगाएको छ ।

६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू जायज नभएको भन्दै विज्ञप्तिार्फत काँग्रेसले सरकारले निशुल्क उद्धार नगरेर श्रमिकलाई पीडा दिएको आरोप लगाएको छ ।

विज्ञप्तिमा सरकारले मानवीय भावनाले भन्दा व्यापारिक दृष्टिकोणले काम गरेको आरोप समेत लगाइएको छ ।

‘एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने’, कांग्रेसले भनेको छ, ‘अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?’

दिनको ३ वटामात्रै उडान गर्ने सरकारको निर्णयले लामो समय लाग्ने र विदेशमा अलपत्र परेका नेपालीले दुःख पाउन कांग्रेसले जिकिर गरेको छ ।

‘न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ। उद्वारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन’, काँग्रेसले भनेको छ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ३ : ५५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट