१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘सरकार खाडीका श्रमिक वर्ग शत्रु हुन ?’ : नेपाली काँग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशमा रहेका नेपालीको उद्धारका लागि सरकारले जारी गरेको निर्देशिकाको विरोध गरेको छ ।

नेपाली काँग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल फर्किन चाहने व्यक्तिले सबै खर्च व्यहोर्नुपर्ने सरकारको निर्णयको विरोध गरेको हो ।

विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै काँग्रेसले
महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पीडामाथि पीडा थप्ने जिकिर गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ?’

सर्वोच्च अदालतले गत असार १ गते ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।

तर, अदालतको आदेश उल्लघंन गर्दै टिकट, क्वारेन्टाइनका लागि होटल तथा पीसीआर परीक्षण र घरसम्म जाने सबै खर्च आफैले बेहोर्नुपर्ने सरकाको निर्णयप्रति प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको हो । काँग्रेसले सर्वोच्च अदालतको सरकारले मानहानी गरेको आरोप समेत लगाएको छ ।

६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू जायज नभएको भन्दै विज्ञप्तिार्फत काँग्रेसले सरकारले निशुल्क उद्धार नगरेर श्रमिकलाई पीडा दिएको आरोप लगाएको छ ।

विज्ञप्तिमा सरकारले मानवीय भावनाले भन्दा व्यापारिक दृष्टिकोणले काम गरेको आरोप समेत लगाइएको छ ।

‘एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने’, कांग्रेसले भनेको छ, ‘अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?’

दिनको ३ वटामात्रै उडान गर्ने सरकारको निर्णयले लामो समय लाग्ने र विदेशमा अलपत्र परेका नेपालीले दुःख पाउन कांग्रेसले जिकिर गरेको छ ।

‘न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ। उद्वारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन’, काँग्रेसले भनेको छ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ३ : ५५ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह