१९ माघ २०८२, सोमबार | February 3, 2026

लकडाउनका कारण घरमै बस्न बाध्य युनिभर्सल कलेजका विद्यार्थीहरुबाट इ–बुलेटिन प्रकाशित



काठमाडौं । काठमाडौंको शान्तिनगरमा रहेको युनिभर्सल कलेज र न्यू समिट कलेजका विद्यार्थीहरुले शैक्षिक रचनात्मक कामको सुरुवात गरेका छन् ।

कोभिड–१९को सन्त्रासका कारण विगत ६ महिनादेखि घरमा नै बस्न बाध्य विद्यार्थीहरुले ‘द हार्भेष्ट’ नामक इ–बुलेटिन प्रकाशित गरेर आ–आफ्नो रचनात्मक क्षमताको प्रर्दशन गरेका हुन् ।

बीबीए र बीबीएमका विद्यार्थीहरुको पहलमा निकालिएको ‘द हार्भेष्ट’मा समाजमा कोरोना भाइरसले पारेको प्रभावको विषयलाई प्राथमिकताका समेटिएको छ ।

इ–बुलेटिनमा कलेजमा विद्यार्थीहरुको रचनामा समावेश गरिएको छ । जहाँ विद्यार्थीहरुले कोरोना भाइरसको महामारीले समाज व्यवस्था, शिक्षा, अर्थतन्त्र, स्वास्थ्य लगायतमा पारेको प्रभावको विषयलाई सुन्दर ढंगले समावेश गरिएका छन् ।

उनीहरुले लेख, निबन्ध, कथा, कविता, साहित्यमार्फत आफ्ना अनुभवहरु साटेका छन् ।विद्यार्थीहरुको रचनामा विचार, कल्पना, अनुभव, आकांक्षाको रचनात्मक उर्जा भेटिन्छ ।

घरमै बसिरहेका विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा सक्रिय बनाउन कलेजले प्रोत्साहन गरेको युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर राजु टण्डनले बताए ।

कलेजको सहयोगमा निस्किएको यो इ बुलेटिनले विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्ममा सक्रिय बनाउन सहयोग पुग्ने डाइरेक्टर टण्डनले विश्वास गरे ।

लकडाउनले देशका सबै शैक्षिक प्रतिष्ठानहरु बन्द भएको अवस्थामा प्रविधिको प्रयोग गर्दै डिजिटल शिक्षाको अभ्यास भैरहेको कलेजका प्राचार्य डा. शिवदत्त ज्ञवालीले बताएका छन् ।

इ–वुलेटिनलाई दिएको शुभकामना सन्देशमा ज्ञवालीले यस्तो अभ्यासले सबै खाले बाधा व्यवधानका बाबजुद आम विद्यार्थी र शिक्षकलाई शैक्षिक गति प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ज्ञवालीले इ–बुलेटिन प्रकाशित गर्ने आफ्ना विद्यार्थीहरुको प्रयासको सराहना समेत गरेका छन् । यो इ–बुलेटिन अब तीन तीन महिनामा प्रकाशित हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ९ : १२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली