२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु, रुपन्देहीमा मृत्यु हुनेको संख्या ४ पुग्यो



बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

साउन ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बुटवल वडा नम्बर १ की ६७ वर्षीया महिलाको आज मध्यान्ह १ बजे कोरोना बिषेश अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार आजै रुपन्देहीको सम्मरीमाई गाँउ पालिकाका ३८ वर्षीय पुरुषको पनि दिउँसो १ः१० बजे मृत्यु भएको उल्लेख गरिएको छ ।

भाद्र १ गते स्वास प्रश्वासमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए । दुबैजनाको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।

मृतक महिला पहिले देखि नै स्वासप्रश्वासको समस्या तथा मृगौलाको बिरामी रहेको र मतक पुरुष कोरोनाको लक्षण पुष्टि हुने सास फेर्न अप्ठयारो भएपछि अस्पताल पुगेको अस्पतालले जनाएको छ ।

लक्षणका आधारमा पीसीआर परीक्षण गर्दा उनीको कोरोना पुष्टि भएको थियो ।

रुपन्देहीमा योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ३ : ५१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ