२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

‘निकुञ्ज क्षेत्रमा चेपाङमाथिको घटना मानव गरिमाविरुद्ध घात’ शान्ति समाज



बुटवल । चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालासँग भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदनमा यस्तो ठहर गरिएको हो ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई सेनाले चरम यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेको समाजले जनाएको छ । आईतबार सो सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समाजले उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको उल्लेख गरेको हो ।

उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुन सम्मत कारवाही गर्दै सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सबैसामु विश्वस्त पार्नुपर्ने समाजले प्रष्ट पारेको छ । साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पीडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्दछ,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अति सीमान्तकृत चेपाङहरु माथि भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ जातीको उत्थानका लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै समाजले चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाको निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन माग गरेको छ ।

अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरु, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसँग छलफल गरेको थियो ।

मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले जनाएका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : २३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात