२१ माघ २०८२, बुधबार | February 4, 2026

उत्पादन घट्न नदिन उद्योग सञ्चालनको माग



विराटनगर । उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् ।

दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य आचारसंहिता पालना गर्दै उद्योग सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।

विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ ।

कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ ।

महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहज रूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : ४७ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल