२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रौतहट पुजारी हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश २ प्रहरीले पठाउयो अनुसन्धान टोलि



रौतहट । गत बुधबार राती रौतहटको माधवनारायण-२ खेसरैयामा भएको पुजारी हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोलि गठन गरेको छ ।

स्थानीय मन्दिरका पुजारी श्रीराम साहको हत्यका बिषयमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरले वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा अनुसन्धान टोलि गठन गरेको हो । पोखरेल नेतृत्वको टोलि तालिम प्राप्त कुकुर सहित आईतबार खेसरैया पुगेको छ ।

खेसरैया पुगेको बरिष्ठ प्रहरी उपरिक्षक पोख्रेलको टोलीले आईतबारदेखि नै घटना स्थलको स्थलगत रुपमा अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको प्रारम्भमा पुजारीले प्रयोग गर्दै आएको मोबाइल उनको पारिवारिक पृष्ठभूमि, छिमेकी, नातेदार लगायत सित सोधपुछ गरी अनुसन्धानलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिराज खडकाले जानकारी दिए ।

खेसरैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहमाथि बुधबार राति करिब साढे ९ बजे गोली प्रहार गरी हत्या भएको थियो ।
प्रहरी उपरिक्षक खड्काले हत्यामा संलग्न चाडै पक्राउ गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ३ : ०२ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी