१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विदेशबाट आउने नेपालीले पीसीआर नेगेटिभ भएको रिपोर्ट लिएर आए होटल बस्नु नपर्ने



काठमाडौं । विदेशबाट स्वदेश फर्कने नेपालीहरुले अनिवार्य होटलमा क्वारेन्टिन अवधि काट्नु पर्ने मापदण्डलाई परिवर्तन गर्दै पीसीआर नेगेटिभ आएका नेपालीहरुलाई सिधै घर पठाउने ब्यवस्था गरिएको छ ।

सरकारले गरेको नयाँ ब्यवस्थाको जानकारी दिंदै संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने जानकारी दिएका छन् ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएपछि पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ पुष्टि भएका नेपालीहरु सिघै घर जान पाउने बताएका हुन् ।

यस अघि सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारे ।

संक्रमण बढी भएको तथा पीसीआर परीक्षणमा जटिलता रहेको देशहरुको विवरण भने मंगलबार लिस्टिङ हुने मन्त्री भट्टराईले बताए । मन्त्री भट्टराईका अनुसार पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्ने छ । नेपालको ठेगाना स्पष्ट लेखेका नेपालीहरुले नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाएको अवस्थामा १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतामा हस्ताक्षर गराएर घर पठाईने छ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने भएपनि त्यस्ता मुलुकबाट आएका नेपालीहरु भने होटल क्वारेन्टिनमा बस्नुपर्ने मन्त्री भट्टराईले बताए । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने जानकारी दिए ।

भट्टराईका अनुसार यदि एक कोठामा २ जना बस्ने हो भने सात रात र ८ दिनको प्याकेज ११ हजारमा बस्न सक्ने छन् । सिंगल बस्ने हो भने १७ हजार ५ सय लाग्ने छ । सरकारले त्यस्ता सुबिधा दिने होटलहरुको समेत मापदण्ड तोकेको छ । सरकारले तोकेको मापदण्ड अनुसार होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाई फाई हुनुपर्नेछ । एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्नेछ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । होटलमा बसेका नागरिकलाई ४ पटक खाजा र खाना दिनुपर्ने छ ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए । विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट, नेपाल आएपछि होटल क्वारेन्टिनको ब्यवस्था तथा पीसीआर खर्च पनि सरकारले व्यहोर्ने मन्त्री भट्टराईले बताए ।

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उनले बताए ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने सरकारले व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : ५१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा