२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपालमा बढ्यो विदेशी लगानी



काठमाडौं । कोभिड-१९ सङ्क्रमणका कारण गत आर्थिक वर्ष २०७६/७७ मा करिब पाँच महिना समग्र अर्थतन्त्र शिथिल बने पनि प्रत्यक्ष विदेशी लगानीमा भने नेपालले सफलता हासिल गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुुसार नेपालले सो अवधिमा १९ अर्ब ६७ करोड ७५ लाख रुपियाँ प्रत्यक्ष विदेशी लगानी भित्र्याएको छ । जुन आर्थिक वर्ष २०७५/७६ को तुलनामा १८.२ प्रतिशतले बढी हो ।

उक्त आवमा नेपालले १६ अर्ब ६४ करोड ६९ लाख रुपियाँको विदेशी लगानी ल्याएको थियो । यस हिसाबले गत आवमा नेपालले थप तीन अर्ब रुपियाँ बढी विदेशी लगानी भित्र्याउन सफल भएको छ ।

विदेशी लगानीकर्ताले नेपालमा गरेको आम्दानीबापत लैजाने रकम (रिपाट्रिएसन) भने उल्लेख्य रूपमा घटेको छ । गत आवमा १९ करोड ९८ लाख रुपियाँ मात्र नेपालबाट बाहिरिएको छ ।

त्यसको अघिल्लो आवमा भने विदेशी लगानीकर्ताले तीन अर्ब ५८ करोड रुपियाँ लगेका थिए । यसरी बाहिरिने रकम एक समीक्षा अवधिबीचको अन्तरालमा ९४.४ प्रतिशतले घटेको देखिन्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ७ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका