५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेपालमा बढ्यो विदेशी लगानी



काठमाडौं । कोभिड-१९ सङ्क्रमणका कारण गत आर्थिक वर्ष २०७६/७७ मा करिब पाँच महिना समग्र अर्थतन्त्र शिथिल बने पनि प्रत्यक्ष विदेशी लगानीमा भने नेपालले सफलता हासिल गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुुसार नेपालले सो अवधिमा १९ अर्ब ६७ करोड ७५ लाख रुपियाँ प्रत्यक्ष विदेशी लगानी भित्र्याएको छ । जुन आर्थिक वर्ष २०७५/७६ को तुलनामा १८.२ प्रतिशतले बढी हो ।

उक्त आवमा नेपालले १६ अर्ब ६४ करोड ६९ लाख रुपियाँको विदेशी लगानी ल्याएको थियो । यस हिसाबले गत आवमा नेपालले थप तीन अर्ब रुपियाँ बढी विदेशी लगानी भित्र्याउन सफल भएको छ ।

विदेशी लगानीकर्ताले नेपालमा गरेको आम्दानीबापत लैजाने रकम (रिपाट्रिएसन) भने उल्लेख्य रूपमा घटेको छ । गत आवमा १९ करोड ९८ लाख रुपियाँ मात्र नेपालबाट बाहिरिएको छ ।

त्यसको अघिल्लो आवमा भने विदेशी लगानीकर्ताले तीन अर्ब ५८ करोड रुपियाँ लगेका थिए । यसरी बाहिरिने रकम एक समीक्षा अवधिबीचको अन्तरालमा ९४.४ प्रतिशतले घटेको देखिन्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ४० बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया