३ पुस २०८२, बिहिबार | December 19, 2025

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा प्रा डा उपेन्द्र कोइराला नियुक्त



काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा प्राडा उपेन्द्र कोइराला नियुक्त भएका छन् । अर्थमन्त्री डा। युवराज खतिवडाले प्राडा उपेन्द्र कोइरालालाई बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

अर्थमन्त्रालयबाट नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ। बैंकले बुधबार संचालक समितिको बैठक बोलाएको छ । बैठकले कोइरालाई अध्यक्षमा मनोनयन गर्नेछ ।

सरकारले निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद खाली रहेको थियो । पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरेको अर्थमन्त्रालयले जनाएको छ ।

कोइराला यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत रहेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको