२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा ९ जना कोरोना संक्रमित थपिँदा २६ जना कोरोना मुक्त भएर घर पुगे



नेपालगञ्ज । बाँकेमा मगंलबार २६ जनाको डिस्चार्ज हुँदा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना कर्मचारी, वडा प्रहरी कार्यालय नेपालगञ्जका एकजना प्रहरी, नेपालगञ्जको वडा नम्बर ४ का ३ जना स्थानीय तथा वडा नम्बर १ र ९ का एकएक जना स्थानीयमा कोरोना पुष्टि भएको छ ।

बाँकेमा मंगलबार नै बिभिन्न आइसोलेसनबाट २६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । मंगलबार डिस्चार्ज हुनेहरु ५ जना खुल्ला कारागार र २१ जना होटल सिटी प्लाजा आइसोलेसनमा बसेर उपचार गराईरहेकाहरु हुन् । उनीहरु साउन २७ गते कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका थिए ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना डिस्चार्ज भएका छन् भने जिल्लामा ४ जनाको मृत्यु भएको छ ।

भेरीमै गरिएको परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एकएक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ०७ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर