१७ माघ २०८२, शनिबार | January 31, 2026

पूर्वपश्चिम रेलमार्गमा लगानी गर्न रुसलाई मन्त्री नेम्वाङको आग्रह



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गमा लगानी गर्न रुसी महासंघलाई आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि रुसी महासंघका राजदुत एलेक्सी नोभिकोभसँगको भेटमा मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बद्र्रिवास खण्डमा लगानीका लागि आग्रह गरेका हुन् ।

त्यस्तै करिब साढे चार अर्ब लगानी लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाण्डौको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र आफ्नो सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, रुसको सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरो कारखाना, कृषि औजार कारखाना, वीरगन्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्टबारे समेत छलफल भएको छ ।

भेटवार्तामा मन्त्री नेम्वाङ्गले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिएका छन् ।

उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : १२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक