१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

२४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा दिन निर्देशन, कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने तयारी 



काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

कतिपय अवस्थामा २ सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो ।

मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन दिँदै पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशनमा भनेको छ ।

समुदायस्तरमा नै सङ्क्रमण फैलिएको भन्दै समितिले परीक्षण बढाउन भनेको हो । समितिले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि भोलिन्टियर जनशक्ति उपयोग गर्न सरकारलाई सुझाव दिएको छ । यस्तै जनशक्ति अभाव भएमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि खटाउन समितिले सरकारलाई भनेको छ ।

शिक्षक खटाउने तयारी

यसैबीच सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ । लकडाउन भएयता सामुदायिक विद्यालय सञ्चालनमा छैनन् । एकाध बाहेकका विद्यालयले अनलाइन कक्षासमेत सञ्चालन गरेका छैनन् । शिक्षक खटाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति मागेको छ ।

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले अनुमतिका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने अवस्था भएको र शिक्षक त्यतिकै बसिरहेको भन्दै मन्त्रालयले शिक्षासँग अनुमति माग गरेको पोखरेलको भनाइ छ । उपत्यकामा जारी निषेधाज्ञाकै बीचमा कम्तीमा ४० हजारदेखि ५० हजारसम्मको ट्रेसिङ र परीक्षणको तयारी भएको पनि पोखरेलले बनाए ।

देशभर हाल १ हजार ७५ ट्रेसिङ टोलीले काम गरिरहेको पनि उनको भनाइ छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ७ : ४१ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज