१२ श्रावण २०८१, शनिबार | July 27, 2024

क्यान्सर अस्पतालको पीसीआर परीक्षण प्रयोगशाला तयार



चितवन । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­–१९ को परीक्षण सुरु गर्ने भएको छ ।

स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ ।

उनले भने, “क्रश चेकिङ्गको काम भइरहेको छ । अब हामी परीक्षण गर्न सक्छौँ ।” अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रयोगशालाको निरीक्षण गरी अनुमति दिन अनुरोध गरिसकेको छ ।

गौतमका अनुसार मङ्गलबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परीक्षण शुरु हुने भएको हो ।

सङ्क्रमण बढ्दै गएका कारण पीसीआर परीक्षणबिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेपछि आफ्नै प्रयोगशालालाई पीसीआर परीक्षण गर्ने गरी व्यवस्थित गरिएको हो ।

आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाइ भइरहेको भन्दै गौतमले भने “धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।”

गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षण प्राथमिकतामा राखिने छ । शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा सञ्चालक समितिले गर्ने उनले जानकारी दिए ।

प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशाला त्यति नै क्षमताको हो ।

क्यान्सर अस्पतालमा प्रयोगशाला सञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् ।

नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् । हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १२ : १८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान