४ पुस २०८२, शुक्रबार | December 20, 2025

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि



कञ्चनपुर । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका ९ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ ।

गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ४ वटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा ५ वटा गैंडा निकुञ्जमा ल्याइएको थियो । हाल निकुञ्जमा १० वटा भाले, ५ वटा पोथी र २ वटा केटाकेटी संरक्षित रहेका छन् ।

स्थानान्तरण भएको २ दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए । गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उनले बताए ।

गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन । एकसिँगे गैंडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ ।

गैंडा चोरी शिकारी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए । निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो ।

सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो । सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका ४ जना घाइते भएका थिए । गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन । रासस

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको