११ कार्तिक २०८३, बुधबार | October 28, 2026

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका



नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा साताको २ दिन बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा बित्तिय संस्थाहरुका लागि नयाँ समय तालिका सार्वजनिक गरेको छ । सरकारको निर्णय सार्वजनिक भएसँगै राष्ट्र बैंकका गभर्नरको निर्णय बमोजिम बैंक तथा बित्तिय संस्थाहरुका लागि नयाँ समय तालिका निर्धारण भएको हो ।

राष्ट्र बैंकले आज साँझ सूचना जारी गर्दै भोलिदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतवार सार्वजनिक बिदा हुने जनाएको छ । सूचनामा बैंकहरुको कार्यालय समय सोमबारदेखि शुक्रवारसम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कायम गर्ने तथा कार्तिक १६ देखि माघ १५ गतेसम्मको कार्यालय समय विहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म कायम गर्ने उल्लेख छ ।

त्यसैगरि राष्ट्र बैंकको सूचनामा बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः००जेसम्म तथा कार्तिक १६ देखि माघ १५ गतेसम्मको बैंकिङ कारोबार समय विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म कायम हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ०४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको