४ पुस २०८२, शुक्रबार | December 20, 2025

बागलुङको ताराखोला जाँदै हुनुहुन्छ ? स्थानीय कोसेली ल्याउन नभुल्नु नी !



बागलुङ । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ ।

‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख रुपैयाँ बजेट छ ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ ।

“भवन बनाएर यो वर्षभित्रै सेवा शुरु गर्ने योजना छ”, अध्यक्ष घर्तीले भने । कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडिबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोशेली घर’मा राख्ने सोच गाउँपालिकाको छ । दूध, घिउलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले किसान, उद्यमीबाट उत्पादन खरिद गर्ने र त्यसलाई बजारसम्म पु-याउने उद्देश्यसहित ‘कोशेली घर’को अवधारणा अघि सारिएको थियो । “ताराखोला घुम्न आउने पर्यटक, पाहुनाका लागि पनि यहाँको उत्पादन बेच्न सकिन्छ”, अध्यक्ष घर्तीले भने, “यसबाट गाउँघरमै आयआर्जनको बाटो खुल्छ ।”

ताराखोलाबाट नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठ, च्याउ, गेडागुडी, आलु, भाँगोलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । निगालोबाट बन्ने डोका, डालाडीली, नाङ्ला, काइँयोजस्ता हस्तकलाका सामग्री पनि त्यहाँ उत्पादन हुन्छ ।

ताराखोलाको पहिचान झल्काउने गरी ‘कोशेली घर’ बनाउनुपर्ने स्थानीयवासी बिर्बलाल घर्तीले बताए । उनले व्यवसाय र उद्यमशीलता प्रवद्र्धन गर्ने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिए ।

ताराखोला कृषि, पशुपालन र वनजन्य उद्यमका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पशुपालनतर्फ भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलु, भाँगोमा गाउँपालिका आत्मनिर्भर छ । ताराखोला आलु खेतीले अझ बढी चिनिन्छ ।

गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।-रासस

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ३ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको