८ कार्तिक २०८३, आइतबार | October 25, 2026

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी



काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ भने दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने तय गरिएको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल लाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको उम्मेदवारी सर्वसम्मत रूपमा पारित गरेको हो ।

हालको प्रतिनिधिसभामा रास्वपाको बहुमत नजिकको संख्या रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

सचिवालयका अनुसार एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते हुने बैठकमार्फत निर्वाचन प्रक्रिया अघि बढाइनेछ । यद्यपि वर्तमान राजनीतिक समीकरणका आधारमा अर्याल निर्विरोध चयन हुने सम्भावना उच्च रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ५६ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको