२९ बैशाख २०८२, सोमबार | May 13, 2025

हार्डवेयर, होटल रेष्टुरेण्ट र फर्निचरलाई अत्यावश्यक सेवामा राख्दै कोहलपुरमा निषेधाज्ञा खुकुलो



कोहलपुर । एकै दिन ५१ जना संक्रमित कोहलपुर पेरिफेरिमा भेटिएकै दिन कोहलपुरमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ ।

गत १० दिनदेखि कोहलपुरमा जारी निषेधाज्ञालाई बुधबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैंठकले बिहिबारदेखि खुकुलो बनाउने निर्णय गरेको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैंठकले निषेधाज्ञालाई खुकुलो पार्दै तालिका अनुसार व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले तयार पारेका तालिकाअनुसार आईतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाडाँवर्तन, तरकारी, फलफुल, साईलक, शोरुम, ईलेक्ट्रोनिक्स, मोबाईल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाईने छ भने सोमबार, मंगलबार, बिहीबार र शनिबार कपडा, फेन्सी, जुत्ता चप्पल, कस्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल खोल्न पाईने छ ।

त्यसैगरि आईतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आउने छन ।

सर्वपक्षीय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रेष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरी बिहिबारदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोडबिजोड नियम लागु गरिएको छ ।

सर्वपक्षीय बैठकले जोड नम्बरका सवारी साधनलाई जोड दिन र बिजोड नम्बरका सवारी साधनलाई बिजोड दिन संचालन गर्न दिने निर्णय गरेको हो ।

कोहलपुरमा कोरोना संक्रमण जोखिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क, सेनिटाईजर प्रयोग गर्नुकासँगै सामाजिक दुरी लगाएत स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने निर्णय समेत गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ०२ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा