४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीको तिलोत्तमामा कोरोना संक्रमितको संख्या ९० पुग्यो, थपिए १४ नयाँ संक्रमित



बुटवल । लकडाउनलाई कडा बनाएर सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाव संकलनलाई तिब्रता दिएपछि रुपन्देहीको तिलोत्तमामा पनि कोरोना संक्रमितको ग्राफ उकालो लागेको छ । बुधबार अबेर राती सम्ममा तिलोत्तमा नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिएका छ ।

समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रायाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिएका छन् ।

नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जनामा छन् । यसमध्येका केहि व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताए ।

तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

समुदायस्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि रुपन्देहीमा भदौ १४ गते सम्मका लागि निशेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको