५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देही तिलोत्तमाको भेटनरी टोल सिल, एकै टोलमा ७ घरमा १२ जनामा संक्रमण पुष्टि



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल गरिएको छ । बिगत २ दिनमा लगातार ५ घरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भेटनरी टोल सिल गरिएको हो ।

सुरुमा बुटवल उपमहानगर ११ को एक घरको मलामीमा सामेल भएर फर्केका २ जनामा संक्रमण देखिएको र त्य यता लगातार संक्रमित देखिन थालेपछि टोललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखाका कोरोना फकेलपर्शन ईश्वरी पौड्यालले जानकारी दिए । नगरको जानकीनगर भित्रको भेटनरी टोलमा अहिले सम्म १२ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार १ जना ७० बर्षिया महिलाको समेत मृत्यु भएको थियो ।

टोलमा संक्रमितको सम्पर्कमा आएकाहरुको पूर्ण बिवरण नआउँदा सम्म टोललाई सिल गरिएको पौड्यालले बताए । बिहिबार थपिएका तिलोत्तमाका १७ जना मध्य ५ जना सोहि टोलका नागरिक हुन् । टोलमा ७ घरका १२ जनालाई संक्रमण पुष्टि भईसकेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको