२९ बैशाख २०८१, शनिबार | May 11, 2024

अहिले विकास हैन जनतालाई उपचार र राहत चाहिएको छ : काँग्रेस नेता रिजाल



वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कोरोना अहिले विकास भन्दा जनताको स्वास्थ्य प्रमुख विषय भएको बताएका छन् ।

बिहिवार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले भाइरसको संक्रमणबाट बचाउनका लागि सरकारले विकासे बजेट नभै जनता बचाउने बजेट ल्याउनुपर्ने बताए ।

रिजालले कोरोना भाइरसको संक्रमणको बेला अहिले जनतालाई औषधि, उपचार र राहत चाहिएको बताए ।

वीरगन्जमा साधारण बिमारी भएका ५/६ जना मानिसलाई कुनै अस्पतालले उपचार नगरेपछि एक अस्पतालबाट अर्को अस्पताल चहार्दै ज्यान गुमाउनु परेकोमा उनले आक्रोश पोख्दै भने, ‘त्यसैले अहिले जनतालाई उपचार मात्रै चाहिएको छ ।’

कम्युनिष्ट नेताहरू यस्तो माहामारीको समयमा पनि सत्ता र कुर्सीको लोभमा पर्नु लज्जाजनक भएको नेता रिजालको टिप्पणी थियो ।

कांग्रेस नेता रिजालले निषेधाज्ञा र लकडाउनबाट समस्यामा परेका गरिब, अति विपन्न र मजदुरहरूलाई दुई छाक खाना खान समेत समस्या भएको भन्दै उनीहरूलाई सरकारले अबिलम्ब राहत दिनुपर्ने माग गरे ।

उनले साना ठूला उद्योगी व्यवसायीको ब्यापारी व्याज, कर्जा र कर मिनाहा गर्नुपर्ने माग पनि राखे ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ८ : ३८ बजे

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत