१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

कोरियामा रहेका नेपालीलाई खुशीको खबर: जीएमई वालेटमा पैसा, आफ्नै भाषामा एटीम सुविधा, चाहेको बेला नेपाल पठाउन सक्ने काइदा



काठमाडौं । छोटो समयमै चर्चित बनेको चर्चित रेमिट कम्पनी ग्लोबल मनि एक्स्प्रेस (जीएमई रेमिट्यान्स)ले दक्षिण कोरियामा इलोक्ट्रोनिक पेमेन्टको लाइसेन्स प्राप्त गरेको छ ।

जीएमईको लाइसेन्स प्राप्तिसँगै दक्षिण कोरियामा रहेका नेपाली समुदायले नेपालमा अझ सजिलै रकम कारोबार गर्न र स्वदेश पठाउन सक्ने भएका छन् ।

‘बैंक अफ कोरियाबाट लाइसेन्स प्राप्त भैसकेको छ’, जीएमई दक्षिण कोरियाका सीओओ एवं निर्देशक सुवास पौडेलले खबरकुरासँग भने, ‘अब जीएमईका प्रयोगकर्ताहरुलाई आफ्नै खातामा पैसा राख्न र पठाउन थप सहज हुने भएको छ ।’

जीएमईका ग्राहकहरुले आफ्नो जीएमई वालेटमा रहेको पैसालाई कोरियामा रहेका आठ हजार भन्दा बढी एटीएमबाट झिक्न र निकाल्न सक्नेछन् । जीएमईको एप तथा एटीएम सेवा नेपाली भाषामा पनि उपलब्ध छ ।

पौडेल भन्छन्, ‘पैसा विदेश पठाउने सुविधा त पहिला पनि थियो । अब कोरियामा रहेका बैंकहरुमा आन्तरिक भुक्तानीको लागि पनि प्रयोग गर्न सक्छन् । जीएमईको मोवाइल एप प्रयोग गर्दा कोरियाको बैंकको एप चलाउन जस्तो झण्झट पनि छैन ।’

कारोबार संचालनका लागि बैंक अफ कोरियाबाट लाइसेन्स प्राप्त भैसकेको छ । जीएमई दक्षिण कोरियाका सीओओ पौडेलका अनुसार अब जीएमई एप भयो भने कोरियन बैंकको खाताबाट गर्न मिल्ने सबै कारोबार गर्न मिल्छ । जसका कारण कोरियामा रहेका सबै नेपालीहरुलाई थप सहजता मिलेको छ ।

पौडेल भन्छन्, ‘कोरियामा काम गर्ने कामदारहरुले आफ्नो तलब पनि जीएमई कै वालेटमा लिन सक्नुहुन्छ आफुलाई चाहिएको बेलामा नेपाल पठाउन, कोरियामै रहेका आफ्ना साथीहरुलाई पठाउन वा परेको खण्डमा एटीएमबाट निकाल्न पनि सक्नुहुन्छ ।’

यसअघि जीएमईबाट सिधै आफ्नो रकम पठाउने काम मात्र हुन्थ्यो । अब ग्राहकले आफुलाई चाहेको समयमा आफ्नै एकाउन्टमा जम्मा गर्दै चाहेको समयमा स्थानान्तरण गर्न सक्नेछन् ।

दक्षिण कोरियामा यस्तो ई–प्रिपेमेन्ट लाइसेन्स प्राप्त गर्ने जीएमई पहिलो रेमिट कम्पनी बन्न सफल भएको छ ।

जीएमईमार्फत विश्वभरबाट नेपालमा पैसा पठाउन सकिन्छ । नेपालमा जीएमई रेमिटसँग ९ हजार भन्दा बढी एजेन्टहरुबाट आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : ३५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको