४ पुस २०८२, शुक्रबार | December 19, 2025

पुरातात्विक महत्व बोकेका तीन मन्दिरको जिर्णोद्वार गरिने



बागलुङ । पुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ । पुरातत्व विभागले बागलुङ नगरपालिकाभित्र रहेको संसारकोट, भैरव स्थान मन्दिर र गणेश मन्दिर जिर्णोद्वार गर्ने भएको छ ।

बागलुङ नगरपालिकाभित्र रहेका तीन मन्दिर निकै पुराना भएका कारण जिर्णोद्वार गर्न पुरातत्व विभागले आव २०७७/७८ मा बजेट विनियोजन गरी कार्यदेश प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिर र कोतघर, बागलुङ नगरपालिका–३ सुल्डाँडास्थित गणेश मन्दिरको जिर्णोद्वार र बागलुङ नगरपालिका–७ स्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको संसारकोट दरबार क्षेत्रको पुनःनिर्माण गर्नका लागि बजेट र कार्यदेश प्राप्त भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘संसारकोटको विस्तृत अध्ययन प्रतिवेदनसहित पुनःनिर्माणको कार्य थालनी गरिनेछ’, प्रमुख पौडेलले भने, ‘बागलुङमा विभागको नयाँ कार्यक्रम हो, को मार्फत बजेट आउने भन्ने जानकारी आइसकेको छैन, भैरवस्थान र गणेशथानको पूँजीगत सुधारतर्फ बजेट आएको हो ।’

नगरप्रमुख पौडेलका अनुसार जिर्णोद्वार विभागले नै गर्ने वा स्थानीय तहलाई दिने भन्ने टुङ्गो नलागेको बताए । विभागका अनुसार संसार कोट र भैरवस्थान मन्दिरलाई यो आवमा रु ३०÷३० लाख र गणेशथान मन्दिरलाई रु १० लाख बजेट विनियोजन भएको छ । संसारकोट पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएपनि भौतिक संरचनाको अभावमा समस्या भइरहेको छ ।

नगरपालिकाले संसारकोट पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण गर्दै आएको छ । भैरवस्थान मन्दिरसमेत लामो समयदेखि जिर्णोदार गर्न पञ्चवर्षीय योजना निर्माण गरेपनि अलपत्र छ । मन्दिर निकै पुरानो भएका कारण जिर्णोद्वारको आवश्यकता छ ।

साउन ४ को निर्णयअनुसार बागलुङका दुई मन्दिरको जीर्णोद्वार र संसारकोटको पुनःनिर्माण गरिने पुरातत्व विभागका सविता न्यौपानेले जानकारी दिए । विभागले जिर्णोद्वारको अवस्था र प्रगति हेरी आगामी वर्ष थप बजेट विनियोजन गर्न सक्नेछ । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको