१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी



काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार नदिने भएका छन्।

दुबै दलले रास्वपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका डीपी अर्याललाई समर्थन गर्ने गरि आफ्नो पार्टीको तर्फबाट सभामुखमा उम्मेदवारी नदिने भएका हुन् ।

उपसभामुखमा भने दुबै पार्टीको दाबी रहने बताइएको छ । सभामुख र उपसभामुखको विषयमा अर्को प्रतिपक्षदल नेकपा एमालेले भने अझै आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

प्रतिनिधिसभामा झण्डै २ तिहाइ संख्या भएको रास्वपाले सभामुखमा उम्मेदवारी दिनु स्वाभाविक भएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पार्टीको अर्याललाई नै समर्थन रहने बताए । सहमति भएको अवस्थामा भने उपसभामुखमा नेकपाको दाबी रहने उनले बताए ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि उपसभामुखमा कांग्रेसको दाबी रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २० बजे

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन