८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सक्रमितको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ ।

कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ । भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १ सय ४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १ सय ९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १ सय ४४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौं १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट शुक्रबारसम्म प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ७८, बागमती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नम्बर ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १० वर्ष मुनिका उमेर समूहका संक्रमित मर्नेको सङ्ख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् ।

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार देशभर ९ सय २७ जना कोरोना संक्रमित थपिएकामा तीमध्ये प्रदेश नम्बर १ मा १ सय ११, प्रदेश नम्बर २ मा ९१, बागमती प्रदेशमा ५ सय ३२, गण्डकी प्रदेश ३५, प्रदेश नम्बर ५ मा १ सय १७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर ५ सयभन्दा बढी संक्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौं, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना संक्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना संक्रमित मुक्त जिल्ला हुन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नम्बर १ मा होम आइसोलेसनमा ४ सय २२, प्रदेश नम्बर २ मा तीन हजार ८ सय ६२, बागमती एक हजार ६ सय १२, गण्डकी प्रदेश १८, प्रदेश नम्बर ५ मा ४ सय ५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् ।

सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ४४, बागमती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नम्बर ५ मा १७ संक्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताए ।

शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रमितको सङ्ख्या ३६ हजार ४ सय ५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ संक्रमित रहेका छन् । हालसम्म २० हजार २ सय ४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने संक्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९ सय ३९ जना क्वारेन्टिनमा छन् ।

कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या प्रदेश नम्बर १ मा एक हजार ५ सय ७४, प्रदेश नम्बर २ मा पाँच हजार ६ सय ५३, बागमती प्रदेश ५ सय ५४, गण्डकी प्रदेश ४ सय ४५, प्रदेश नम्बर ५ मा एक हजार ५ सय, कर्णाली प्रदेश ४ सय १५ तथा सुदूरपश्चिममा ८ सय ९४ जना रहेको छ ।

यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या प्रदेश नम्बर १ मा एक हजार ५ सय ३६, प्रदेश नम्बर २ मा चार हजार ५ सय १७, बागमती प्रदेश ९ सय ६६, गण्डकी प्रदेश एक हजार ६ सय ८८, प्रदेश नम्बर ५ मा चार हजार ७ सय ८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७ सय ८९ जना रहेको छ ।

शुक्रबारसम्म विश्वभर कोरोनाबाट आठ लाख ३६ हजार १ सय १२ जनाको ज्यान गइसकेको छ । हालसम्म कोरोनाबाट विश्वभर दुई करोड ४६ लाख ५४ हजार ९ सय ६५ जना संक्रमित भएकामा एक करोड ७१ लाख १३ हजार ७ सय ६३ जना निको भएर घर फर्किसकेका छन् । दक्षिण एसियाली देशहरुमध्ये भारतमा हालसम्म कूल संक्रमितको सङ्ख्या ३४ लाख ६१ हजार २ सय ४०, पाकिस्तानमा कूल संक्रमितको सङ्ख्या दुई लाख ९५ हजार ५३, अफगानिस्तानमा कूल संक्रमितको सङ्ख्या ३८ हजार १ सय ४०, बंगलादेशमा कूल संक्रमितको सङ्ख्या तीन लाख ६ हजार ७ सय ९४, माल्दिभ्समा कूल संक्रमितको सङ्ख्या सात हजार ४ सय ६९, श्रीलङ्कामा कूल संक्रमितको सङ्ख्या दुई हजार ९ सय ८९ तथा भूटानमा कूल ससंक्रमितको सङ्ख्या १ सय ८४ जना रहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुमा दक्षिण एसियाली देश भारत ६२ हजार ७ सय १३, अफगानिस्तान एक हजार ४ सय २, पाकिस्तान ६ हजार २ सय ८३, बंगलादेश चार हजार १ सय ७४, माल्दिभ्स २८ तथा श्रीलङ्कामा १२ जना छन् । कोरोनाबाट हालसम्म भूटानमा कसैको पनि ज्यान गएको छैन । भूटानमा हाल ६५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन् । उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए ।

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ संक्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरी नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमित बढेको बताउँछन् ।

बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौंमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ ।

काठमाडौं उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना संक्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् । रासस

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  २ : २६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन