३ पुस २०८२, बिहिबार | December 18, 2025

भारतीय ट्रकको ठक्करबाट टेम्पु चालकको मृत्यु



महोत्तरी । महोत्तरीको बर्दिवासमा भारतीय ट्रकको ठक्करबाट एक टेम्पो चालकको मृत्यु भएको छ ।

बर्दिवासचोकमै रोकिराखेको ना३स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नंको ट्रकले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्रेष्ठको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मृतक श्रेष्ठ टेम्पो चालक रहेका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

बिग्रेर रोकिएको ट्रकलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाई तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा पु¥याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लहरी र त्यसका चालक भारतीय नागरिक अरबिनकुमार बलायतलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  २ : ३६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका