११ चैत्र २०८२, बुधबार | March 25, 2026

मोवाइलबाटै रेमिटेन्स पाउन आईएमईले ल्यायो सुविधा, घरमै बसिबसि यसरी पाइने छ पैसा



काठमाडौं। आइएमई रेमिटेन्सले ‘आईएमई पे’ मोवाइल वालेटमा रेमिटेन्स रकम जम्मा गर्न र झिक्न सक्ने सुविधा सुरू गरेको छ ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी सिर्जना गरेको संकटपूर्ण अवस्थामा देशविदेशमा रहेका आईएमई प्रयोकर्ताहरूले पठाएको रकम सीधै मोवाइल वालेट एवबाट प्राप्त गर्ने व्यवस्था मिलाएको हो ।

अब आइएमई रेमिटेन्सबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने सुविधा मिलेको छ । वालेटमा रहेको रकमलाई चाहेअनुसार राख्न या प्रयोग गर्न सकिन्छ

कम्पनीका अनुसार रकम पाउन आइएमई वालेटको ‘रेमिटेन्स’आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्छ।

वालेटमा पिन हालेर आफ्नो रकमको अवस्था थाहा पाउन सकिने कम्पनीले जनाएको छ।

सो रकम आईएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिचेर आफ्नै वालेटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

आईएमईका अनुसार ‘नियर बाइ एजेन्ट’मा थिचेर पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिन्छ।

यो सेवाका लागि एप डाउनलोड गरेर केवाईसी अध्यावधिक भने गर्नुपर्नेछ।

सो रकम वालेटमा रहँदा ब्याज र ५० रुपैयाँ बोनस समेत पाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ९ : २१ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले