१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

‘आईएमई पे’ को “उडान मेला” योजना सार्वजनिक, आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक



काठमाडौं । ‘आईएमई पे’ ले “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

२ माघदेखि सुरु भएको यस अफर मार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

योजनामा नियमित ग्राहकले “सेभ१००” प्रोमोकोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलो पटक आईएमई पेबाट टिकट खरिद गर्ने ग्राहकले “फर्स्ट फ्लाइ” प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यास ब्याकको लाभ उठाउन सक्नेछन् ।

हवाई टिकट खरिद गर्ने बेला आईएमई पे एपमा “ह्याभ प्रोमोकोड रु” सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस योजनाबाट प्रयोगकर्ताले थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ११ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।