४ पुस २०८२, शुक्रबार | December 19, 2025

धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



सुनसरी । धरानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको मिर्चैया ६ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको सोमबार राति मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

दिर्घरोगी भएका उनलाई गएको भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट रिफर गरी धरान ल्याइएको थियो । स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २९ पुगेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको