१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : देशभर सामान्यतया बदली, धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको छ । हाल देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।

त्यस्तै प्रदेश न.१ र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षा समेत भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ६ घण्टा ईलाम, झापा, सुनसरी र मोरङ जिल्लामा भारी बर्षा भएको छ ।

जसअनुसार मेची, निन्दा, बिरिङ, मावा, नुना, बुढीखोलाहरु,कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज