२३ भदौ २०८३, मंगलबार | September 8, 2026

चितवनमा सशस्त्रका तीन बीओपी थपिँदै



चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बीओपी) थपिने भएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो ।

माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सो क्षेत्रको सोमबार स्थलगत निरीक्षणसमेत गरेका छन् ।

अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताए ।

एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उनले जानकारी दिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।

सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना हुने बताए ।

उनले भने, “अहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा छन्, पहिलो चरणमा तीनवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।” उनले एउटा पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिए ।

माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ४८ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं