१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनले भारतलाई दियो चेतावनी, – तिम्रा सेनाले सीमारेखा अतिक्रमण गरे, लगाम लगाऊ



चीनले भारतीय सैनिकले वास्तविक नियनत्रण रेखा लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई अवैध ढंगले अतिक्रमण गरेको प्रतिक्रिया दिएको छ ।

चिनिया जनमुक्ति सेनाले पूर्वी लद्दाखस्थित एलएसीको यथास्थितिलाई परिवर्तन गर्न खोजेको भन्दै भारतीय सेनाले आरोप लगाएको भोलिपल्ट मंगलबार भारतस्थित चिनियाँ दूताबासले खण्डन गरेको हो ।

दिल्लीस्थित चिनियाँ दूताबासले ट्वीट गर्दै भारतीय दाबीको खण्डन गरेको हो । चीनले भारतीय सेनाले एलएससीलाई विभिन्न स्थानबाट पार गर्न खोजेको भन्दै भारतलाई आफ्नो सेनालाई नियन्त्रण गर्न आग्रह गरेको छ ।

दुताबासद्वारा मिडिया नोटमा प्रवक्ता झु रोङले भनेका छन्, ‘भारतीय सेनाले ३१ अगष्टमा पैङ्गोङ त्सोको दक्षिणी किनारामा अवैध ढंगले प्रवेश गरेर यसअघिको सहमतिलाई उल्लंघन गरेका छन् ।’

भारतले पैङ्गोङ त्सोको दक्षिणी किनारा र पश्चिम सेक्टरको रेकिन पास नजिक सीमा उल्लंघन गरेको चीनले जनाएको छ ।

भारतको उक्सावटपूर्ण कार्यले सीमा क्षेत्रमा तनाब बढेको भन्दै आफ्ना सेनालाई नियन्त्रणमा लिन, पूर्वप्रतिवद्धताको सम्मा गर्न, सीमा पार गर्ने सैनिकलाई फिर्ता बोलाउन र तनाब बढाउने कुनै पनि कारवाही रोक्न चीनले आग्रह गरेको छ ।

यसअघि चिनियाँ जनमुक्ति सेनाको पश्चिम थिएटर कमाण्डले सोमबार साँझ भारतीय सैनिकले एकपटक फेरि पैङ्गोङ त्सो तालको दक्षिणी किनारामा स्थित वास्तविक नियन्त्रण रेखा अतिक्रमण गरेर चीनको क्षेत्रीय सम्प्रभुताको गम्भीर उल्लंघन गरेको आरोप लगाएको थियो ।

भारतीय सेनाको कदम भड्काऊ एवं उत्तेजक कदम भन्दै पीएलए पश्चिम थिएटर कमाण्डले भारतीय कदमले चीन–भारत सीमा क्षेत्रमा स्थिरता उल्लंघन गरेको आरोप लगाएको छ ।

यसैबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भारतीय शिर्ष अधिकारीहरुसँग सीमा सुरक्षाबारे छलफल गरेका छन् । भारतीय रक्षामन्त्री राजानाथ सिंहले पनि मंगलबार नै उच्चस्तरीय बैठक
आह्वान गरेका छन् ।

यसअघि भारत सरकारले सोमबार पूर्वी लद्दाखमा सीमा क्षेत्रमा बनेको सहमति चिनियाँ सेनाले उल्लंघन गरेको आरोप लगाएको थियो ।

भारतले चिनियाँ सैनिकले उक्सावटपूर्ण कदम उठाएर सीमाको यथास्थितिलाई बदल्न खोजेपनि आफ्ना सेनाले रोकेको जनाएको थियो । सीमा क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको भन्दै भारतले आफ्नो अखण्डताको सुरक्षाका लागि प्रतिवद्ध रहेको जनाएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ५ : २३ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना