२ पुस २०८२, बुधबार | December 17, 2025

पेट्रोलको मूल्य फेरि बढ्यो, प्रतिलिटर १ सय ७



काठमाडौं । मंगलबार मध्यरातपछि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।

वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ ।

निगमले १ सेक्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ ।

यसअघि ३२ साउनमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले यतिबेला पेट्रोल डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ वृद्धि गरेको थियो ।

यतिबेला पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखे‍को थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ९ : १० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल