२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जापानवासी एनआरएनको सक्रियतामा २१ करोडको स्वास्थ्य सामग्री नेपालमा वितरण गरिँदै (भिडियोसहित)



लण्डन । जापानस्थित नेपाली समुदायको सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईटमार्फत बुधवार नेपाल पठाइसकिएको छ ।

सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र हुदै गए पछि जापानवासी नेपालीहरुको सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुने भन्दै गैरआवासीय नेपाली संघले एनआरएनए जापान, कपिल थापा, फुजिरेव्इओ कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विशेष धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : ०८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष