१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पोखरा महानगरापलिकाका २९ जनासहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजे जारी गरेको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २९ जना संक्रमति थपिएका छन् ।

१, ५, ८,१०, १२, १३, १४,१६, २७ र ३० नं. वडामा २९ संक्रमित थपिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
यसैगरी, तनहुँको व्यास नगरपालिकामा दुई जना संक्रमित थपिएका छन् ।

संक्रमित सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएका हुन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३०८ पुगेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १ : २५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको