६ माघ २०८२, मंगलबार | January 20, 2026

स्वदेश फर्किन चाहने नेपालीलाई कान्तिपुर मेडिकल सेन्टर दोहामा पीसीआर परीक्षण सुविधा



दोहा । कतारमा कार्यरत नेपालीलाई लक्षित गरी दोहास्थित कान्तिपुर मेडिकल सेन्टरमा सस्तो दरमा पीसीआर परीक्षण सेवा सुरु गरेको छ ।

प्रवासमा रहेका नेपाली नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै घर फर्किना चाहनेहरुलाई पीसीआर परीक्षण सुविधा सुरु गरिएको सेन्टरले जनाएको छ ।

पीसीआर परीक्षण गर्न ३ सेप्टेम्बर अर्थात आजैका दिनदेखि सुरु भएको छ । यसका लागि कतारी रियाल ४ सय रुपैयाँ तोकिएको छ ।

कोरोना महामारीले पारेको असविधालाई मध्यनगर गर्दै कतारस्थित नेपाली दूतावास र हमास अस्पतालसँगको समन्वयमा सहुलियत दरमा स्वास्थ्य सेवा सुरु गरिएको कान्तिपुर मेडिकल सेन्टरले जनाएको छ ।

‘अन्य संस्थाहरुले  ५ सय कतारी रियाल लिने गरेका छन् , ५ जना या सो भन्दा बढीको पीसीआर टेष्ट तथा स्वास्थ्य परामर्शपत्र लिनुपरेमा सेन्टरसम्म निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ‘, मेडिकल सेन्टरले  भनेको छ ।

कान्तिपुर मेडिकल सेन्टरका वरिष्ठ डाक्टरहरुबाट स्वास्थ्य समेत चेकजाँच गरी यात्रा गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परामर्शपत्र (Fit to Travel Certificate) समेत सेन्टरले उपलब्ध गराउनेभएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ४० बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी