२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रचण्डले गरे विस्थापित परिवारलाई क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षण



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

अध्यक्ष दाहालले आज ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गरेका छन् ।

उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ३८ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन