१८ माघ २०८२, आइतबार | February 1, 2026

एनआएएनएको अमेरिका क्षेत्रीय विज्ञ सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार देखि सुरु हुदैंछ ।

तीन दिनसम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण सो सम्मेलन जुम प्रविधीद्धारा आयोजना हुने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि सो सम्मेलन फेस टु फेस क्यानाडामा गर्ने घोषणा गरिएको थियो ।

सम्मेलनलाई विषेश अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, संघका पूर्वअध्यक्षद्धय जीवा लामिछाने, भवन भट्ट लगायतले सम्वोधन गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघको आगामी महिना हुने विश्वव्यापी विज्ञ सम्मेलनक तयारी स्वरुप आयोजना गरिएको गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जनाए ।

सम्मेलनमा कृषि, विज्ञान प्रविधी, पुर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ४८ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री