७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सन्दीप आवद्ध जमैका सीपीएलको सेमिफाइनलमा



नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो ।

यसअघि सन्दिपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उक्त खेलमा दुबै टोलीले एक एक अङ्क बाँड्न बाध्य भए । तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ ।

उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौँथो स्थानमा छ ।

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्सले १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ ।

लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जितका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ ।

साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  २ : २३ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२