२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अर्थमन्त्री खतिवडाले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजिनामापत्र बुझाएका छन् । राजीनामा बुझाउनुअघि खतिवडाले अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा खतिवडाले सामुहिक फोटो समेत खिचाएका छन् ।

त्यसक्रममा मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । आफुले बसालेको जगलाई अब आउने अर्थमन्त्रीले अगाडि बढाउने उनले विश्वास व्यक्त गरे ।

वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले अझै बढी चुनौती कायमै रहेको अर्थमन्त्री खतिवडाले बताएका थिए ।

यो पनि पढ्नुहोस : ‘डी जुरे’ खतिवडा राजीनामा दिँदैस तर ‘डी फ्याक्टो’ खतिवडा पुनः प्रवेश गर्दैछन् सिंहदरबार

मन्त्री खतिवडाले सामुहिक तस्विर खिचाएर अर्थ मन्त्रालयबाट औपचारिक रुपमा विदा भएका छन्।

राष्ट्रिय सभमा राष्ट्रपतिबाट मनोनित भएका खतिवडा गोलाप्रथामा दुई वर्षका लागि मात्र सांसद छनौट भएका थिए । उनको सांसद पद गत फागुन २१ गते सकिएका थियो । त्यसपछि ६ महिना सांसद विना पनि पुनः नियुक्ति पाएर खतिवडाले अर्थमन्त्रालयको पद सम्हालेका थिए । त्यसलगत्तै उनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका थिए । खतिवडा सरकारका प्रवक्ता समेत रहेका थिए ।

मन्त्री खतिवडालाई सूचना तथा प्रविधि मन्त्रालयबाट पनि विदाई गरिएको छ । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा खतिवडाले सूचना, सञ्चार, विज्ञापनआदिबारे आफुनो सामान्य जानकारी रहेपनि अनेपेक्षित आइपरेको जिम्मेवारी सम्हाल्नुपरेको बताएका थिए ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ६ : ४३ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा