१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा प्रहार गर्ने सहित ट्राफिक प्रहरी कुट्ने १४ जना प्रहरी नियन्त्रणमा



काठमाडौं । एक हातमा क्यामरा, प्रेसको ज्याकेट र हातमा ढुंगा बोकेर ललितपरमा प्रहरीलाई ढुंगा प्रहार गर्ने युवक सहित ट्राफिक प्रहरीलाई कुटपिटमा संलग्नहरु मध्य केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीवार दिउँसो पुल्चोकमा पत्रकारको ज्याकेट लगााएर प्रहरीमाथि ढुंगा हान्ने एक युवक सहित एक्लो ट्राफिक प्रहरीलाई निर्ममताका साथ कुट्ने कार्यमा संलग्न मध्य १४ जनालाई पक्राउ गरेको दाबी गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २२ वर्षीय प्रेस ज्याकेटवाला अनिश महर्जनलाई नियन्त्रणमा लिएको हो। हातमा क्यामरा र प्रेस लेखेको ज्याकेट लगाएर प्रहरी माथि ढुंगा हानेको भिडियो समाजिक संञ्जालमा भाइरल भएसंगै प्रहरीले खोजि गर्न थालेको थियो ।

पक्राउ परेका महर्जन युट्यवर मात्र भएको र कुनै मिडीयासंग संलग्न नरहेको उपत्यका अपराध महाशाखामा बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी दीपक थापाले बताए ।

बिहीवार ती युवकले पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रेस ज्याकेट लगाएर हातमा क्यामेरा बोक्दै प्रहरी माथि ढुङ्गा हानेको दृष्य सञ्चारमाध्यमहरु सहित अन्य युट्यवरहरुले भाइरल बनाएका थिए ।

युवकलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको एसएसपी थापाले जानकारी दिए। बिहीवार पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट र ढुङ्गा हान्ने मध्यका १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : १६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम