११ श्रावण २०८३, सोमबार | July 27, 2026

रातो मच्छिन्द्रनाथको रथ भएको वरपर निषेधित क्षेत्र घोषणा, एकै ठाउँ पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश



ललितपुर । ललितपुर प्रशासनले रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
मछिन्द्रनाथको रथ तान्ने विवादले अशान्त बनेको ललितपुरमा शुक्रबार लगाइएको कर्फ्यू १० बजे राति सकिए पनि आगामी ६ दिनसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने आदेश गरेको हो ।

कर्फ्यू आदेश सकिनुअघि नै ललितपुर जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि ६ दिनसम्मका लागि यस्तो आदेश जारी गरेको छ । ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन पाइने छैन ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र-पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : २६ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना