७ कार्तिक २०८३, शनिबार | October 24, 2026

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण



खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक नेतृत्व गरेका स्वर्गीय मिलन सापकोटाको सालिक अनावरण गरिएको छ । रेडक्रस खजुरा शाखा परिषरमा निर्मित स्वर्गीय सापकोटाको अर्धकदको सालिक आज एक कार्यक्रमका बीच अनावरण गरिएको हो ।

पञ्चायती व्यवस्थाका बिरोधमा खजुराबाट नेतृत्व गरेका पुराना कम्युनिष्ट नेता एवम समाजसेवी स्वर्गीय सापकोटाको योगदानको स्मरण स्वरुप रेडक्रस खजुरा शाखा परिषरमा खजुरा गाउँपालिकाको मुख्य लगानीमा सालिक निर्माण गरेको हो । रेडक्रसको समेत बिगतमा नेतृत्व गरेका सापकोटा पुष्पलाल समुहबाट राजनीतिमा प्रवेश गरेका सापकोटाले नेकपा माले, एमाले हुँदै पछिल्लो समयमा एकीकृत माओवादीमा आवद्ध रहेका थिए ।

रेडक्रस खजुराको आयोजनामा आज आयोजित एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, रेडक्रस खजुरा शाखाका अध्यक्ष जिवनाथ सापकोटा, पालिका उपाध्यक्ष मन्जु मल्लले संयुक्तरुपमा सापकोटाको सालिक अनावरण गरे । अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष विकले खजुराले स्वर्गीय मिलन सापकोटालाई जुगजुगसम्म स्मरण गरिरहने बताए । उनले खजुरामा पहिलो राजनीतिक व्यक्तित्वको सालिक स्थापना भएको जनाउँदै सापकोटाको राजनीतिक योगदानको चर्चा गरे ।

रेडक्रस खजुरा शाखाको अध्यक्ष जिवनाथ सापकोटाले समाजवेवामा स्वर्गीय सापकोटाको लगाव निस्वार्थ र अनवरत रहेको स्मुण गरे । स्वर्गीय सापकोटाकी धर्मपत्नी भगवती सापकोटाले स्वर्गीय मिलन सापकोटाको समर्पणको मुल्यांकन गरेकोमा स्थानीय सरकार र सम्बद्ध सबैलाई धन्यवाद प्रकट गरिन् ।

खजुरा गाउँपालिकाको १ लाख ४० हजार, रेडक्रस खजुराको ३५ हजार, घरपरिवारबाट ३५ हजार र रेडक्रस खजुरा शाखा अध्यक्ष जिवनाथ सापकोटाबाट १० हजार ५०० गरि कुल २ लाख २० हजार ५०० को लागतमा सालिक निर्माण भएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलबहादुर पौडेलले जानकारी दिए ।

आजै बाँकेको नेपालगन्जमा पूर्व प्रधानमन्त्री विपी कोईराला र सुशील कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनआन्दोलनकी सहिद सेतु विक तथा पूर्व राजा विरेन्द्रको सालिक अनावरण गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ०० बजे

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान