२१ चैत्र २०८२, शनिबार | April 4, 2026

डिउटीमा ढलेर बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरीको मृत्यु भएको छ ।

डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गण बङ्कमा कार्यरत उनी राति १२ बजे पछि डिउटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा डिउटीमा खटिएका ऐर एक्कासि ढलेर बेहोस भए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

ढलेर बेहोस भएका ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको आज बिहान ५ः५० बजे मृत्यु भएको क्षेत्रीले बताए ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ११ : १३ बजे

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा